२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा १४ वर्षीया बालिका सुत्केरी : बच्चा जन्मिएपछि आमा बलात्कार आरोपमा बुबा पक्राउ



काठमाडौं । मुलुकभर हिंसाविरुद्धको अभियान चलिरहेका वेला ओखलढुंगामा एउटा कहालीलाग्दो बलात्कारको घटना बाहिरिएको छ । १४ वर्षीया बालिका सुत्केरी भएपछि उनी बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

बालिका बिरामी भएपछि रामेछापको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताल पुर्‍याएपछि उनी गर्भवती रहेको चिकित्सकहरूले पुष्टि गरेका थिए । बालिकाले अस्पतालमै मंसिर १३ गते बच्चा जन्माएकी छिन् । अहिले आमा र बच्चाको दुवैको अस्पतालमा उपचार भइरहेको छ । 

बच्चा जन्माएपछि परिवारले गरेको सोधपुछका क्रममा बालिकाले आफु बलात्कृत भएको बताएकी छिन् । २०७६ फागुन २८ गते आफू बलात्कृत भएको र परिवार र समाजका डरले घटना सार्वजनिक नगरेको उनले बताइन् । 

बालिकाको बयानका आधारमा आरोपित चम्पादेवी गाउँपालिका वडा नं. २ का २९ वर्षीय वीरबहादुर मगरलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

घरमा कोही नभएको समयमा मगरले बालिकालाई फकाएर बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले प्रहरीमा सोमबार उजुरी दिएका थिए । उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख रुपेश खड्काले बताए । घटना जटिल रहेकाले गम्भीर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७, २१ मंसिर आइतबार ००:००  ५ : २६ बजे