काठमाडौं । तारकेश्वर नगरपालिकाले कोरोना संक्रमित होम आइसोलेसनमा बसेका व्यक्तिलाई रु. पाँच हजार पोषणभत्ता दिने भएको छ ।
नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरूप रकम दिइने भएको हो ।
कोरोना पजिटिभ देखिएर आइसोलेसनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए ।











