२०८२, ७ पुस सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युत प्राधिकरण केन्द्रका इञ्चार्ज घुससहित पक्राउ



तनहूँ । विद्युत प्राधिकरण तनहूँ अन्तर्गत आँबुखैरेनी उपवितरण केन्द्रका इञ्चार्ज कृष्ण आले घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका छन् ।
मंगलबार साँझ छ बजे गाडीधनीसँग पाँच हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पक्राउ गरेको हो ।
कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार सोमबार एउटा गाडीले विद्युत प्राधिकरणको पोलमा ठक्कर दिएर क्षति पु¥याएको रहेछ । पोल मर्मत गर्नका लागि त्यहाँका उपवितरण केन्द्रका प्रमुखले बिलमा उल्लेखित क्षतिपूर्ति रकम बाहेक अतिरिक्त रकम पाँच हजार रुपैयाँ मागेको भन्ने सूचना आयो’, उनले भने, ‘सोही सूचनाको आधारमा त्यहाँ पुगेको हाम्रो टोलीले कार्यालयभित्रै सो रकम लेनदेन भइरहेका बेला त्यहाँका प्रमुख कृष्ण आलेलाई नियन्त्रणमा लिएको छ ।’ आलेलाई थुनामा राखेर अनुसन्धान सुरु गरिने उनले बताए।

प्रकाशित मिति : २०७७, २४ मंसिर बुधबार ००:००  १० : ४८ बजे