२०८३, २५ बैशाख शुक्रबार | Fri May 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली चालक अनुमतिपत्रसहित एक जना पक्राउ



३८ थान नक्कली चालक अनुमतिपत्रसहित प्रहरीले एक जना पक्राउ गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाईको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सांगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन् ।

उनको साथबाट नक्कली साइसेन्ससहित मोटरसाइकल, विभन्नि बैंकका चेक समेत बरामद भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २४ मंसिर बुधबार ००:००  १ : ०५ बजे