२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या



झापा । झापामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ ।
झापाकाे अर्जुनधारा निवासी ती वृद्धा आइतबारदेखि बेपत्ता थिइन् । मानसिक सन्तुलन गुमाएकी वृद्धाको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो ।
चारआलीस्थिति जंगलको कल्भर्टमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उन शेव फेला परेको प्रहरीले जनाएको छ ।
३५ वर्षीय विशाल बिर्जा नाम गरेका व्यक्तिले वृद्धाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीका अनुसार बिर्जा आफै आज बिहान ६ बजेतिर शव भेटिएको खबर गर्न चारआलीस्थित प्रहरी चौकी पुगेका थिए ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा बर्जाले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २५ मंसिर बिहीबार ००:००  १ : ५० बजे