२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार नबिन धमलाद्धारा जन्मदिनमा दृष्टिविहिनलाई सहयोग



पत्रकार नबिन धमलाले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन गायक विरबहादुर विश्वकर्माको परिवारलाई सहयोग गरेका छन् । दृष्टिविहिन तथा आर्थिक अवस्था कमजोर भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का विश्वकर्माको परिवारलाई पत्रकार धमलाले जन्मदिनको अवसरमा खाद्यन्न, लत्ताकपडा सहितको सहयोग गरेका हुन् ।

दृष्टिविहिन भएकाले अर्थोपार्जनको काम गर्न नसक्दा गीत गाएर आफु र परिवारको गुजारा चलाउँदै आएका विश्वकर्मालाई पत्रकार धमलाले सिन्धुपाल्चोकको काङलाङ पुगेर सहयोग गरेका हुन् । टङना बजाएर गीत गाउँदा दाताले दिएको दानबाट परिवार पालेका विश्वकर्माको समस्या देखेर सहयोग गरेको पत्रकार धमलाले बताए । जन्मदिन मनाउँदा हुने फजुल खर्च सदुपयोग गरेर विपन्न परिवारलाई सहयोग गरेको उनको भनाई छ ।

अनलाइन सराेकार डटकमका सम्पादक धमलाले विहिबार विश्वकर्मा परिवारलाई चामल २ बोरा, सिरानी २ वटा, सिरक २ वटा, तन्ना २ वटा, डस्ना २ वटा लगायतका सामाग्री हस्तान्तरण गरेका छन् ।

सहयोग पाएपछि विश्वकर्माले खुसी व्यक्त गरेका छन् ।

दृष्टिविहिन विश्वकर्माका श्रीमती र २ छोरा छन् ।

प्रकाशित मिति : २०७७, २५ मंसिर बिहीबार ००:००  ६ : ०२ बजे