२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

प्रकाशित मिति : २०७७, २६ मंसिर शुक्रबार ००:००  ४ : ३८ बजे