२०८२, ७ पुस सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटामा सामुदायिक विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड बितरण



धनकुटा । धनकुटाको छथरजोरपाटि गाँउपालिकाले सामुदायिक विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड बितरण कार्य शुरु गरेको छ । महिनावरी भएको बेला प्याडको अभावमा बिद्यालय नआउने र उचित प्याड प्रयोगको अभावमा भविष्यमा देखिने पाठेघरको मुखको क्यानसरबाट जोगाउन यस्तो अभियान थालिएका हो ।
पालिकाका २८ सामुदायिक बिद्यालय मध्ये १० बर्ष देखि माथिका छात्राहरुका लागि कक्षा ५ देखि कक्षा १२ सम्मका १३ वटा बिद्यालयहरुमा उक्त प्याड बितरण कार्यक्रम शुरु गरिएको पालिका उपाध्यक्ष भीमकला श्रेष्ठले जानकारी दिए ।
१३ बिद्यालयका ८ सय ७६ छात्राहरुलाई मासिक २ वटाको दरले जम्मा १० हजार ५ सय १२ वटा प्याड बितरण गरिने श्रेष्ठको भनाई छ ।
चालु आव(यस बर्ष) बाट ३ बिद्यालयहरुबाट शुरु गरिसकिएको उक्त कार्यक्रम आउने पौष महिनाको पहिलो हप्ता भित्र सकिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २८ मंसिर आइतबार ००:००  ११ : ५९ बजे