२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछापकी मन्दिराले जितिन् ग्लोकल टीन हिरो २०२० को उपाधि



काठमाडौँ । वाई वाई “ग्लोकल टीन हिरो २०२०” को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जितेकी छन्।
किशोर किशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीः एकराज घिमिरे, वातावरणविद् मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभियन्ता ः रीत काफ्ले, शिक्षिकाः सुभाश शर्मा, कोडरः सुलव सुबेदी, नवप्रबद्र्धक र वैभव नाहटा, उद्द्यमी बीच प्रतियोगिताको बिजेता चयन गरिएको थियो।
मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्य कार्यकर्ताकर्मी एवमं अभियन्ता हुन् । उनले “युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०” को टीम लीडरको रूपमा काम गरेकी छिन् । उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यका रूपमा पनि सक्रिय रुपमा सहभागी भईरहेकी छिन्।
त्यस्तै शिक्षामा महिलाको पहुचका लागि काम गर्दै उनी “ट्री पद्ममा चाइल्ड क्लबमा” सामाजिक स्वयम् सेवकको रुपमा काम गरिरहेकी छिन्। स्वास्थ्य क्षेत्रमा कामको अनुभव बटुल्दै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन्।

प्रकाशित मिति : २०७७, २८ मंसिर आइतबार ००:००  १२ : १७ बजे