तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा एकै परिवारका तीन ३ जना बालिकाको प्लास्टिकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी आठ वर्षीया छोरी सुहानाको मृत्यु भएको वडाध्यक्ष टेकराज आङखेवाले जानकारी दिए ।
शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो ।












