२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली राष्ट्रिय फुटबल प्रशिक्षण सुरु



काठमाडौं।नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट खेललाई लक्षित गरी खेलाडीको प्रशिक्षण सुरु गर्न लागेको हो।
एन्फा कार्यसमितिको बिहीबार अबेर सम्पन्न बैठकले खेलाडीको बन्द प्रशिक्षणसहित अन्य फुटबल प्रतियोगितासमेत सुचारु गर्ने निर्णय गरेको छ। एन्फाले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मवारी बालगोपाल महर्जनलाई दिने निर्णय पनि गरेको छ। प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि एन्फाले पुरुष फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी बालगोपाललाई दिने निर्णय गरेको हो। एन्फा बैठकले नै कालिनको राजीनामा स्वीकृत गरेको थियो।

एक वर्षअघि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका कालिन नेपालमा कोरोना संक्रमण सुरु भएपछि गत चैतमा आफ्नो देश स्विडेन फर्किएका थिए। उनले उतैबाट एन्फालाई राजीनामा पठाएका हुन्। कालिनको प्रशिक्षणमा नेपालले ११ वटा अन्तर्राष्ट्रिय खेले खेलेको थियो। जसमा नेपालले एक जित, दुई बराबरी र आठ हारको नतिजा निकालेको थियो।

कालिनको स्थान सम्हालेका प्रशिक्षक बालगोपालले विश्वकप छनोटका बाँकी तीन खेललाई लक्षित गरी प्रशिक्षण गराउने एन्फाले जनाएको छ। कोरोनाका कारण लामो समय विश्राममा रहेको नेपाली टोलीले दसैंपछि एक साता तयारी गरेर बंगलादेशसँग दुई मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो। बालगोपाल मैत्री खेलको पनि प्रशिक्षक थिए।

प्रकाशित मिति : २०७७, २८ मंसिर आइतबार ००:००  १ : ०१ बजे