२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिवंगत पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी मनाइँदै



पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी मनाइँदै छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने याे पर्व शनिबार बेलुकीदेखि नै सुरु भएको छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने भक्तजनको संख्यामा उल्लेख्य कमी आयो ।

बालाचतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गर्दछन् । तर, यस वर्ष कोरोना फैलने डरले दीपदान नगर्न पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको थियो । यद्यपि पशुपति आएका भक्तजनलाई शनिबार राति ९ बजेसम्म मात्रै दीपदान गर्न दिइएको थियो । मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान गरी चतुर्दशीका दिन बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।

आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेशनजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ ।

प्रकाशित मिति : २०७७, २८ मंसिर आइतबार ००:००  २ : २५ बजे