२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरमा अब पर्चा पम्प्लेट टाँस्न नपाइने



ललितपुर । ललितपुर महानगरपालिकामा पर्चा पम्प्लेट टाँस्न नपाइने भएको छ । शहरलाई अशोभनीय बनाएको भन्दै महानगरले पर्चा, पम्प्लेट र होडिङ्ग बोर्डमा रोक लगाएको हो ।
कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउन नपाउने महानगरले बताएको छ । सचेतना अभियानको शुभारम्भ गर्दै मेयर चिरिबाबु महर्जनले भने, ‘कसैले टाँसेको पाए उसलाई कारबाही गर्छौं, त्यसमा लेखिएको संस्थालाई पनि कारबाही गर्छौं ।’
फुटपाथमा जथाभावी फोहोर फाल्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण समग्री राख्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने महानगरले बताएको छ ।

प्रकाशित मिति : २०७७, २८ मंसिर आइतबार ००:००  ३ : २८ बजे