२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि कार्यालय स्थापना गर्ने सरकारको तयारी



सरकारले गण्डकी प्रदेशमा कृषि कार्यालय स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रस्थापना गर्ने भएको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा आयोजना गरेको स्थानीय सरकार र प्रदेश सरकारका बीच समन्वय तथा अन्तरक्रिया कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले आगामी एक साताभित्रमा सबै जिल्लामा कार्यालय स्थापना गरिने बताए । कार्यालय खोल्नका लागि सङ्गठन तथा व्यवस्थापनस्वीकृत भइसकेकाले केही दिनमै कर्मचारी व्यवस्थापन गरी कार्यालय सञ्चालनमा आउने उनको भनाई छ ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार ००:००  १२ : १३ बजे