तराई क्षेत्रमा हुस्सु ,कुहिरो र तुषारोका कारण अत्याधिक चिसो बढेको छ ।
एक्कासी भएको मौसम परिवर्तनका कारण चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो ।
चिसो छल्न सर्वसाधारण चोक चोकमा आगो बालेर बसेका छन् ।
राजमार्गको सडक तथा सहायक राजमार्गको सडकमा बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिँड्न र सवारी चलाउन समस्या हुन थालेको चालकहरु बताउँछन् ।
प्रदेश नं २ का आठ जिल्लामा बिहान र साँझ बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले अत्याधिक चिसो बढेको स्थानियको भनाई छ ।
शीतलहरले गरिब, दलितको जनजीवनलाई बढी प्रभावित पारेको छ । खासगरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ ।
आजभोलि दिउँसो राम्रोसँग घाम नलाग्ने हुँदा चिसोबाट बच्ने उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणलाई सूचना प्रकाशित गरी आग्रह गरेको छ ।











