काठमाडौं । कोरोना भाइरस कोभिड १९ का कारण गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको पशुपती मन्दिर खुला गरिएको छ । मन्दिर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर खुला गरिएका हो ।
लामो समयसम्म बन्द रहेको मन्दिर खुलेसँगै धर्मप्रति आस्था विश्वाश गर्ने भक्तजन खुसि भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । उनले भने ‘पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेका छन् । घाम लागेसँगै भक्तजनको चाप पनि बढ्न थालेको छ ।’ भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी आबश्यक सरक्षा मापदण्ड अपनाएर दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
दर्शन गर्न खुला गरिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिइन्। कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो ।
२०७७, १ पुस बुधबार ००:००
14
Shares











