काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यले रानी पोखरीलाइ हराभरा र सुन्दर बनाउने योजाना अनुसार काम भईरहेको बताएका छन् ।
उपत्यकामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले समयको मागलाई बुझेर आधुनिकतामा जोड दिदै पर्यटन प्रवर्धनमा टेवा पुग्ने उद्धेस्य अनुुसार काम गरिरहेको बताएका हुन् ।

बिगतका वर्षमा एकचोटी भाइटिकाको दिन मात्रै खुल्ला गरिने रानिपोखरी अब वर्षमा ३६५ दिन खोल्ने तयारी भएको छ । समय परिवर्तनसिल भएकाले हिजो जे थियो आज त्यसलाई परिवर्तन गर्दै पोखरी वरीपरी बत्ती बाल्ने,सौचालय बनाउने, क्यानटिन तथा कफि सप आदी खोल्ने तयारी भैरहेको उनको भनाई छ ।उनले भने ‘‘परम्परागत सोचले विकाश र समृदी सम्भव छैन त्यसैले समयको मागलाई बुझेर काम अगाडी बढाएका हौँ” । रानीपोखरी पुनरनिमार्णको समयमा विभिन्न समस्या आएपनि काम अधि बढिरहेको नगर प्रमुख शाक्यले बताए ।
अन्य विकासका योजनालाई आगामी दिनमा पुरा गर्दै लैजाने र हरेक नागरिकले विकासका काममा सहयोग गर्न शाक्यले नगरवासिलाई अनुरोध समेत गरेका छन्।











