२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसरी गर्नुहोस लोकसेवाको तयारी



सरकारी जागिरमा युवा आकर्षण पछिल्लो समयमा झनै बढ्दो छ । सरकारी सेवा तथा प्रशासनिक क्षेत्रमा प्रवेश गर्नका लागि लोकसेवा आयोग उत्तीर्ण गर्नुपर्छ । विभिन्न शीर्षकमा पदपूर्ति गर्न सरकारले प्रत्येक वर्ष दरखास्त आह्वान गर्दै आएको छ । लोकसेवा परीक्षा मिहिनेतका साथ पढ्ने हो भने सजिलै पास गर्न सकिन्छ ।

पढ्ने कसरी ?

सर्वप्रथम त विद्यार्थीमा आत्मविश्वास हुन जरुरी छ । कुनै एउटा विषयमा लक्षित गरेर पढ्नुहोस् । अधिकांश विद्यार्थीले एकभन्दा बढी आवेदन दिने हुँदा कसलाई कति समय दिने भन्नेमा नै अल्मलिइरहेका हुन्छन् । तसर्थ, कुनै निश्चित लक्ष्य लिएर पढ्नुहोस ।

लोकसेवा परीक्षामा राम्रो अंक ल्याउन धेरै विषयवस्तुको ज्ञान हुन आवश्यक छ । सम्बन्धित पुस्तकबाहेक वार्षिक प्रतिवेदन, प्रशासनिक क्षेत्रसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका र इन्टरनेटको प्रयोग गर्न सकिन्छ ।

लामो समयसम्म एउटै विषयवस्तु घोकेर बस्नुहुँदैन । दिनभरि किताब हेरेर समय बिताउनुभन्दा छोटो समय पढ्नु राम्रो हुन्छ । तथ्यांक र चित्रसँग जोडेर पढ्दा स्मरण रहन्छ ।

इतिहास, मिति, परिभाषा र तथ्यांक पढ्दा दैनिक क्रियाकलापसँग जोडेर फर्मुला बनाउनुपर्छ । पढेको कुरालाई बेलुका पुनरावलोकन गर्नुपर्छ । विषयवस्तु एक-अर्कासँग जोडेर पढ्दा पछिसम्म याद रहिरहने हुन्छ । कुनै एउटा तथ्यांक अर्को सम्बन्धित तथ्यांकसँग जोड्दा ज्ञानको दायरा बढ्दै जान्छ ।

लोकसेवा परीक्षामा राम्रो अंक ल्याउन धेरै विषयवस्तुको ज्ञान हुन आवश्यक छ । सम्बन्धित पुस्तकबाहेक वार्षिक प्रतिवेदन, प्रशासनिक क्षेत्रसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका र इन्टरनेटको प्रयोग गर्न सकिन्छ ।

केही कुरा पढेरभन्दा लेखेर बढी स्मरण गर्न सकिन्छ । तसर्थ आफूले पढेको विषयवस्तु लोकसेवाको उत्तर शैलीमा लेख्ने अभ्यास गनुपर्छ । मुख्य शब्दलाई लक्षित गर्नुपर्छ । शब्द स्मरण गर्न सजिलो हुने भएकाले छोटो समयमै परीक्षाको तयारी गर्न सकिन्छ ।

कुनै विषयवस्तु पढ्दा सबल र दुर्बल पक्ष सँगसँगै पढ्नुपर्छ । यसरी पढ्दा कम समयमै धेरै विषयमा पूणर् अध्ययन गर्न सहज हुन्छ ।

लेख्ने कसरी ?

लोकसेवाको परीक्षा दिँदा आत्तिनुहँुदैन । किनकि, यो पनि अन्यजस्तै सामान्य परीक्षा हो । परीक्षा दिन जाँदा पास गर्छु भन्ने आत्मविश्वास लिएर जानुपर्छ ।

जाँचकले छोटो र तर्कयुक्त उत्तरलाई प्राथमिकता दिने गर्छ । तसर्थ, सकेसम्म सटिक उत्तर लेख्नुपर्छ ।

इतिहास, तथ्यांक, परिभाषा र उदाहरण जोडेर सिलसिलाबद्ध रूपमा लेख्नुपर्छ । उत्तरको सुरुवात र अन्त्य तथ्यांक तथा उदाहरणमा लक्षित गर्नुपर्छ ।

सीमित समयमा लेख्नुपर्ने विषय विषय धेरै हुन्छ । यसले गर्दा, परीक्षामा समय व्यवस्थापन चुनौतीको विषय बन्ने गर्छ । उत्तर जान्दाजान्दै पनि समय व्यवस्थापन गर्न नसक्दा कतिपय परीक्षार्थी असफल भइरहेका हुन्छन् । तसर्थ, परीक्षाको सुरुवातीदैखि नै समय व्यवस्थापनमा ध्यान दिनुहोस ।

प्रकाशित मिति : २०७७, ३ फाल्गुन सोमबार ००:००  १२ : २३ बजे