काठमाडौं । काठमाडौंमा एटिएम मेसीन फुटाउदै गरेको अवस्थामा एकजना प्रक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा भारत गोरखपुर घर भई हाल काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











