२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट लुकाईछिपाई ल्याएको अवैध मदिरा बरामद



काठमाडौँ । भारतबाट लुकाईछिपाई ल्याइएको अवैध मदिरासहित एक जना पक्राउ परेका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गमा चेकजाँचको क्रममा ९५ बोतल मदिरा बरामद भएको हो ।

चेकजाँचको क्रममा मे १ ज ३३५१ नम्बरको गाडी चालक इलाम सुर्योदय नगरपालिका –२ का २८ वर्षीय प्रकाश खड्का मदिरासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार उनको साथबाट प्रहरीले ८४ बोतल ‘सिक्किम गोल्डेन’ र ११ बोतल ‘फायरबल’ मदिरा बरामद गरेको छ ।

प्रहरीले झापाबाट बरामद गरेका मदिरा आन्तरिक राजश्व कार्यालय चन्द्रगढीमा बुझाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ११ चैत्र बुधबार ००:००  ६ : ४८ बजे