२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमानसँगै होटलमा बसेकी महिलाको शव फेला



जनकपुर । जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीका अनुसार म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपालीका रुपमा मृतकको सनाखत भएको छ । उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै म्याग्दीबाट जनकपुरधाम आएकी थिइन् ।

श्रीपालीको शव होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्डमा आधा शरीर पानीमा र आधा बाहिर रहेको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ । मृतकका पति विश्वास श्रीपालीले होटलको पाँचौं तलाबाट खसेर सिर्जनाको मृत्यु भएको बताएका छन् । विश्वासले आफू ११ दिन अघिमात्र विदेशबाट गाउँ फर्केको प्रहरीसमक्ष बयान दिएका छन् ।

सिर्जनाको हत्या वा आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जनाए ।

प्रकाशित मिति : २०७७, ११ चैत्र बुधबार ००:००  ६ : ५० बजे