२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ सय ५० पत्रकारलाई काेराेना संक्रमण,७ जनाको मृत्यु



काठमाडौं । कोभिड—१९ को सङ्क्रमण पाँच सय ५० पत्रकारलाई देखिएको छ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले सोमबार विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये ७ जना पत्रकारको निधन भएको बताए।

सङ्क्रमितमध्ये २० जना पत्रकारको अस्पतालमा उपचार भइरहेको र तीमध्ये २ पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

उनले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग गरेका छन्।

विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ।

‘कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ। यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ।’

यस्तै महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसंँग माग गरेको छ। (रासस)

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार ००:००  १२ : ४२ बजे