२०८२, १ पुस मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिने, मत नपाए पनि राजिनामा नदिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । सरकारको सिफारिसमा एक साताअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत लिने प्रायोजनका लागि संसद बैठक आह्वान गरिसकेकी छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा विश्वासको प्रस्तावमा मतदान हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट हिजो नै विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।

नेकपा विघटन र एमालेभित्रकै आन्तरिक कलहका कारण सत्ता संकटमा परेका बेला ओलीले विश्वासको मत लिने निर्णयमा पुगेका हुन् । संसदबाट विश्वासको मत लिन निर्णायक मतका रुपमा नेकपा एमालेकै माधव नेपाल पक्षीय सांसदहरु देखिएका छन् ।

यसैबिच  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाए पनि राजिनामा नदिने भएका छन् ।  नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विभिन्न सञ्चार माध्यमले चर्चा गरे जस्तो आज प्रधानमन्त्रीले राजिनामा नगर्ने बताएका हुन् ।

प्रकाशित मिति : २०७८, २७ बैशाख सोमबार ००:००  ९ : ५७ बजे