२०८२, ७ पुस सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रागिरी नगरपालिका सिल



काठमाडौं । काठमाडौं उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एकसाताका लागि नगरपालिका क्षेत्र सिल गरेको छ।

आज जेठ १ गते देखि लागू हुने गरि ७ गतेसम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म नगरपालिका भित्र कोही पनि सर्वसाधारणलाई हिड्डुल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

तिब्र रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका सबै सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण सामाग्री लगायतका पसलहरू, नगरपालिका वडा कार्यलय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी, गैरसरकारी, बैक तथा वित्तीय संसथ निजी सम्पूर्ण कार्यालयका सेवा पूर्ण रूपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सञ्चालन गर्न दिईएको छ। त्यसैगरी पशुपंक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधी उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिईने नगरपालिकाले जनाएको छ।

यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ। अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेक अन्य कुनै पनि सवारीलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ।

नगरपालिकाले वैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सिमाबाट फर्काउनुपर्ने सवारीसाधन धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन्। शनिबार आज नागढुंगा नाका पनि सुनसान प्रायः देखिएको छ। एम्बुलेन्स, अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन भएका छन्।

सर्वसाधारण पनि घरबाहिर निस्कन नपाएपछि नगरपालिका सुनसान बनेको छ। राजमार्गमा पनि अन्य दिनमा जस्तो पास लिएर हिड्ने सर्वसाधरणहरु देखिएका छैनन्।

नगरपालिकाले अन्य व्यवस्थाका सम्बन्धमा भने वैशाख २८ गते काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश बमोजिम गर्न गराउन मातहतलाई निर्देशन जारी गरेको छ।

यसैबीच नगरपालिकाकाले भेरोसील खोपको दोस्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध नगर्ने भएको छ।

सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको देखाएर तोकिएको खोप केन्द्रसम्म आवतजावत गर्न दिईने छ।

प्रकाशित मिति : २०७८, १ जेठ शनिबार ००:००  ८ : ४५ बजे