२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ संक्रमित



काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।

पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ छ ।

प्रकाशित मिति : २०७८, ५ जेठ बुधबार ००:००  ५ : १२ बजे