२०८३, २४ बैशाख बिहिबार | Fri May 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस पुरानागाउँ–काठमाडौं सम्पर्क समितिले स्वास्थ्य सामाग्री गाउँ पठायो



नेपाली कांग्रेस पुरानागाउँ–काठमाडौं सम्पर्क समितिले स्वास्थ्य सामाग्री गाउँ पठाएको छ । रामेछापको मन्थली नगरपालिका ९ पुरानागाउँबाट काठमाडौंमा आएर बसोबास गर्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताको सम्पर्क समितिले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

मन्थली नगरपालिका ९ का वडाअध्यक्ष बुद्धिबहादुर पुलामी मगरको समन्वयमा नेपाली कांग्रेस पुरानागाउँ–काठमाडौं सम्पर्क समितिका संयोजक टासी लामाले सम्पर्क समितिका तर्फबाट स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।

समितिले उपलब्ध गराएको अक्सिमिटर २ थान, थर्ममिटर २ थान, मास्क, सेनिटाइजर, औषधी लगायतका स्वास्थ्य सामाग्री पुराना गाउँ स्वास्थ्य चौकी र सहरी स्वासथ्यय क्लिनिक बाहुनचुरालाई हस्तान्तरण गरिएको वडाअध्यक्ष मगरले जानकारी दिए ।

वडाअध्यक्ष मगरले पुरानागाउँमा कोरोना नियन्त्रणका लागि सबैसाँग समन्वय गरेर काम गरिरहेका छन् ।

प्रकाशित मिति : २०७८, ८ जेष्ठ शनिबार ००:००  ५ : १० बजे