२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरुण दल काभ्रेका सभापति लामाद्धारा विपन्न परिवारलाई राहत वितरण



नेपाल तरुण दल काभ्रेका सभापती दावा लामाले गाउँका विपन्न परिवारलाई राहत वितरण गरेका छन् । कांग्रेसका युवानेता लामाले कोरोना महामारीको चपेटामा परेका  काभ्रेको भुम्लुगाउँपालिका–३ र ४ बेखसिम्ले र सिम्थलीका तीन सय ५० अति विपन्न परिवारलाई खाद्यन्न र स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

रोगको डरले भोकका कारण कसैलाई समस्या नपरोस् भन्ने उद्देश्यले गाउँका विपन्न परिवारलाई खाद्यन्न  स्वास्थ्य सामाग्री उपलब्ध गराएको लामाले अनलाइन सरोकारसँग बताए । लामाले माक्स, सेनिटाइजर लगायत आवश्यक औषधी समेत वितरण गरेका थिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्ट नेपालमा पनि फैलिएकाले मुलुकमा गत बैशाख १६ गतेबाट काठमाडौं उपत्यका सहित देशका विभिन्न सरहरमा निषेधाज्ञा भएपछि सहरमा आएर केही कमाएर गाउँमा गुजारा चलाउनेहरुलाई अहिले समस्या छ ।

निषेधाज्ञाले गर्दा घरमा चामल सकिएर बिहान बेलुकाको छाक टार्न समस्या भइरहेका बेला समाजसेवी लामाले खाद्यान्न वितरण गरेपछि स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : २०७८, १० जेठ सोमबार ००:००  ३ : २७ बजे