२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट पूर्व महालेखा परीक्षक दाहालको निधन



काठमाडौं । कोरोना संक्रमणबाट पूर्व महालेखा परीक्षक खेमप्रसाद दाहालको निधन भएको छ । ओखलढुंगाको कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षिय दाहालको सोमबार साँझ राजधानी स्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दाहाललाई कोरोना संक्रमण भएपछि ८ दिन देखि भेन्टीलेटरमा राखिएको थियो । कोरोना संक्रमण भएपछि उनलाई फोक्सो र मृगौलामा समस्या देखिएको थियो ।

उपचारमा संलग्न चिकित्सको सल्लाह अनुसार भारतबाट खोप सहितका औषधी समेत ल्याईएको भएपनि त्यो औषधी प्रयोग गर्न नपाउँदै दाहालको निधन भएको उनका भतिज सुमन दाहालले बताए । कोरोना संक्रमण हुनुअघि उनमा कुनै रोगको समस्या थिएन ।

दाहालले लामो समय महालेखा परीक्षक भएर काम गरेका थिए । 

प्रकाशित मिति : २०७८, १० जेठ सोमबार ००:००  ८ : २३ बजे