२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘नाकामा कडाइ गरेर उपत्यकामा निषेद्याज्ञा खुकुलो पारौं’



उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरूमा थप कडाइ गरेर उपत्यकाभित्रको जनजीवन सुचारु गर्नुपर्ने बताएका छन् ।

निषेधाज्ञालाई एकैपटक नभई चरणबद्ध गर्दै खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताए ।

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लागू भएको ४३ दिन पुगेको छ ।

निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । यसै निषेधाज्ञाको कारणले कोरोना संक्रमणको दरमा कमी आएको छ । निषेधाज्ञाका कारण घरभित्र रहेका जनताहरूमा उकुसमुकुस हुन थालेको छ ।

प्रकाशित मिति : २०७८, २७ जेष्ठ बिहिबार ००:००  ३ : ५८ बजे