२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामनगरका अध्यक्ष बर्माको निधन



सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ।

६७ वर्षीय बर्मालाई स्वास्थ्यमा समस्या भएपछि एक साताअगाडि काठमाडौं ल्याइएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो।

उनको उपचारको क्रममा गए राति निधन भएको हो। मिर्गौला, मधुमेहलगायत समस्या उनलाई थियो।

गाउँपालिका अध्यक्ष बर्माको गए राति निधन भएको जानकारी आएको गाउँपालिका उपाध्यक्ष नितुदेवी यादवका छोरा सन्तोष यादवले जानकारी दिए।

अध्यक्ष बर्माको शव सर्लाही ल्याउने तयारी रहेको उनले बताए। एम्बुलेन्समार्फत् शव ल्याएर बागमती नदी घाटमा अन्त्येष्टी गर्ने तयारी छ।

प्रकाशित मिति : २०७८, २० असार आइतबार ००:००  ३ : ०१ बजे