२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरमा भारतीय नागरिकको हत्या



काठमाडौं । ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारतीय नागरिक ५९ वर्षीया सत्यनारायण पारिकको हत्या भएको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने प्रारम्भिक छानविनबाट देखिएको बताइन् । उनका अनुसार घरका केही सामान पनि हराएका छन्, त्यसैले चोरी गर्ने उद्देश्यले आएको व्यक्ति घटनामा संलग्न हुनसक्ने आशंका गरिएको छ ।

अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेका छन् । त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरी बताउँछ । ‘घटना पनि शुक्रबार साँझै अथवा शनिबार बिहानतिर भएको हुनसक्छ’ प्रहरी स्रोत भन्छ, ‘थप छानविन भइरहेको छ ।’

प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि मृत्युको समय र कारणबारे खुल्नेछ ।-Onlinekhabar

प्रकाशित मिति : २०७८, २० असार आइतबार ००:००  ३ : ०४ बजे