२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बौद्धमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु



काठमाडौं । काठमाडौंको बौद्धमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। 

काठमाडौं महानगरपालिका–६ बौद्ध हायत गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीया बिजा तामाङको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा आइतबार साँझ ओम अस्पताल चाबहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

प्रकाशित मिति : २०७८, २२ असार मंगलबार ००:००  ९ : १५ बजे