२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानीलकण्ठमा ५१ हजारले लगाए कोरोना खोप



काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अंकित पौडेलले जानकारी दिए ।

नगरबासीमध्ये कोभिशिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् । यसैगरी जोन्सन एण्ड जोन्सन खोप सात हजार २०० जनाले लगाएका छन् । नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग धेरै रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताए ।

थोरै मात्र खोप प्राप्त हुँदा एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले दुरुपयोग हुन नदिन वडा-वडामा खोप केन्द्र राखिएको उनले बताए । यसअघि यहाँ दुईवटा मात्र खोप केन्द्र सञ्चालन गरिएकोमा शुक्रबारदेखि आठवटा खोप केन्द्र सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २०७८, १७ श्रावण आइतबार ००:००  २ : ४९ बजे