२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव भेट्न कोटेश्वर पुगे प्रचण्ड



नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन्।

आज बिहान उनीहरूबीच कोटेश्वरमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ। उनीहरू कोटेश्वर खरिबोटस्थित नेपालनिकट नेता पार्वती थापाको घरमा भेटवार्ता भएको हो।

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। उनीहरूले आज बिहान करिब एक घन्टा कुराकानी गरेका थिए।

गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेका बेला प्रचण्डले नेता नेपाललाई भेटेका छन्।

सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा नेता नेपाल उपस्थित थिएनन्। नेता नेपालसहित एमालेका २२ सांसदले गत साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। नेपाल पक्ष सरकारमा जाने वा नजाने यकिन भइसकेको छैन।

यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आज भेटवार्ता हुने सम्भावना पनि छ।

प्रकाशित मिति : २०७८, १९ श्रावण मंगलबार ००:००  ३ : ०३ बजे