२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



काठमाडौ । आफ्नै श्रीमतीे २८ वर्षीया बबिता राईको हत्या गरेका अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भई हाल काठमाडौं महानगरपालिका-१६ चौमती डेरा गरी बस्ने ३३ वर्षिय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रक्राउ गरेको हो ।
रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २० श्रावण बुधबार ००:००  १२ : ३१ बजे