२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु



महोत्तरी। पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति ज४प २७०० नंको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका–३ का ३३ वर्षीय धनपैत महतोको दुर्घटनामा परी मृत्यु भएको हो ।

महतोकै मोटरसाइकलमा पछाडि बसेका सर्लाहीको हरिओन नगरपालिकाको अत्रौलीका १३ वर्षीय नवीन महतो गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

राति करिब १० बजे महतो चढेको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ८८०० नंको तेल ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते भएका दुवैलाई तत्काल उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याइएको र अस्पतालमै चिकित्सकले धनपैतको मृत्यु भएको घोषणा गरेका इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । अर्का घाइते नवीनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

मृतक महतोको शव परीक्षण गर्न आज बिहान प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । तेल ट्याङ्कर, त्यसका चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ ।रासस

प्रकाशित मिति : २०७८, ८ भाद्र मंगलबार ००:००  १० : १८ बजे