ओखलढुंगा । ओखलढुंगामा विद्युतको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । शनिबार दिउसो सोलु करिडोर प्रशारण लाईनको विद्युतको पोलबाट खसेर सिद्धिचरण नगरपालिका ४ रुम्जटारका १९ बर्षीय निखील फुयालको मृत्यु भएको हो ।
जिल्लाको मानभञ्ज्याङ गाउँपालिका ७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रशारण लाईनको विद्युतको तार बिस्तार गर्ने क्रममा पोलबाट खसेर फुयालको मृत्यु भएको ओखलढुंगा प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिनुभयो । विद्युतको तार बिस्तारका लागी पोलमा चढ्दा हातमा करेन्ट लागेपछि पोलाबाट खसेर ढुंगामा परी उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मुचुल्का उठाएर शव पोष्टमाटमका लागि पठाउने तयारी भईरहेको छ । घटनाको बिषयमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।











