२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याङ्जामा गोरु काटेको आरोपमा ३ जना पक्राउ



स्याङ्जा। स्याङ्जामा गोरु काटेको आरोपमा प्रहरीले तिन जनालाई प्रक्रउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् ।

सुराकीको आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २१ भाद्र सोमबार ००:००  ११ : २५ बजे