२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला प्रशासन कार्यालय धनुषाका नासु घुससहित पक्राउ



जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत ना.सु. उमेश कुमार चौधरी घुस रहमसहित पक्राउ परेका छन् ।

चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दीवासबाट खटिएको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो ।

उनले नागरिकताको प्रतिलिपि बनाउन सेवाग्राहीसँग साढे ८ हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

‘उमेश कुमार चौधरीलाई सेवाग्राहीबाट रु. ८,५००।– (आठ हजार पाँच सय रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित लड्डु गोपाल स्वीट्स एण्ड स्न्याक्स पसलबाट मिति २०७८।०५।२२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०७८, २३ भाद्र बुधबार ००:००  १२ : २२ बजे