२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युट्युबरबाट कर असुल्दै सरकार



काठमाडौं । युट्युबसहित सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत प्राप्त हुने विदेशी मुद्रामा अब एक प्रतिशत कर लाग्ने भएको छ । नेपाल सरकारले पहिलो पटक सामाजिक सञ्जालमार्फत हुने आयमा कर लगाउन थालेको हो ।

बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कुनै व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा एक प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरेका छन् ।

उनका अनुसार अब सम्बन्धी बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : २०७८, २५ भाद्र शुक्रबार ००:००  ७ : २६ बजे