२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसिसी उपाध्यक्ष र प्रधानमन्त्रीबीच भेटवार्ता



मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन्।
शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेकी हुन्।

भेटमा उनीहरूले एमसिसीबारे आ-आफ्नो धारण राखेका थिए। साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।
सो अवसरमा प्रधानमन्त्री देउवाले सरकार र एमसिसीबीच २०१७ मा सम्पन्न अनुदान सम्वन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताए।

‘आज एमसिसीको उपाध्यक्ष फतिमालाई भेट्न पाउँदा खुसी लाग्यो,’ देउवाले लेखेका छन्,’हामीले नेपाल-अमेरिकी सहयोग एमसिसी कम्प्याक्ट र यसले नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आ-आफ्नो विचार राख्यौं।’

भेटमा उपाध्यक्ष सुमारले संसदबाट एमसिसी छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक विकासका लागि यसले महत्वपूर्ण योगदान गर्ने धारणा राखिन्।

यसअघि उपाध्यक्ष सुमारले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूलाई भेटेकी थिइन्।

प्रकाशित मिति : २०७८, २५ भाद्र शुक्रबार ००:००  ८ : ४० बजे