२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैदेशीक रोजगार व्यवसायी महासंघका कार्यबहाक अध्यक्ष ओखलढुंगा कांग्रेसको उपसभापतिमा चुनाव लड्दै



नेपाली कांग्रेस ओखलढुंगाको उपसभापतिमा युवा नेता कमल तामाङले उमेद्वारी घोषणा गरेका छन् । भिजन एफएमको कार्यक्रम संवाद डबलीमा बहस गर्दै नेता तामाङले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा जिल्ला कार्यसमितिको उपसभापति पदमा उमेद्वारी दिने तयारीमा आफु रहेको बताएका हुन् ।

बैदेशीक रोजगार व्यवसायी महासंघका कार्यबहाक अध्यक्ष समेत रहेका नेता तामाङ १३ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदमा चुनाव लडेका थिए ।

जिल्लाका आम नागरिक र कांग्रेस कार्यकर्ताले जिल्ला कार्यसमितिमा बसेर काम गर्न आग्रह गरेकाले आफु जिल्लाको राजनितीमा सकृय हुने उनले बताए । जिल्लाको विकास र जनताको सेवामा अब्बल काम गर्ने उद्देश्य सहितका ऐजेण्डा सहित आफ्नो टीमले कांग्रेसको जिल्ला नेतृत्वमा दावी गरेको उनको भनाई छ । ‘म बैदेशीक रोजगार महासंघको केन्द्रिय अध्यक्षको हैसियतमा रहेको मान्छे निजी स्वार्थमा हुन्थेँ भने केन्द्रिय राजनीति गर्थेँ सुखसयलमा जीवन बिताउन सुविधा सम्पन्न मूलुक जान्थेँ ।’ उनले भने, ‘म आफुले मात्रै चाहेर होईन सिंगो कांग्रेसका कार्यकर्ता र जिल्लाबासीको माग र आग्रहमा म जिल्ला फर्कँदैछु । कुरा बोकेर होईन काम गरेर देखाउन, कांग्रेस कसरी बलियो बनाउने र जिल्लाको विकासमा के योगदान गर्न मेरो उपसभापतिमा उमेद्वारी हो । सहमति भए सर्वसम्मत नभए चुनावी प्रकृयामा गए पनि म जित्छु ।’ वडाबाट छानिएका क्षेत्रिय प्रतिनिधिहरुको  बहुमत आफ्नो पक्षमा रहेको उनको दावी छ ।

सभापतिका आकांक्षी बालकृष्ण दाहाल नेतृत्वको समूहबाट तामाङले उपसभापतिको दावी गरेका छन् । प्रकृयाले एउटा समूहबाट अघि बढेपनि वडा देखि जिल्ला र केन्द्रस्तरका सबै नेता कार्यकर्ताको साथ आफुलाई रहेको उनको दावी छ ।

युवालाई रोजगारी, जिल्लाको अधुरो विकासको पूर्णता, संगठन सुदृढीकरण, कार्यकर्ता व्यवस्थापन लगायतमा आफुहरु विशेष योजना सहित अघि बढेको उनको भनाई छ ।

तामाङले व्यक्तिगत स्वार्थ, दवाव र प्रभावमा नपर्न आग्रह गर्दै आसन्न महाधिवेशनमा असल नेतृत्व चुन्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

एक व्यक्ति एक पदको अवधारणा र पुस्ता हस्तान्तरण आफ्नो मुल मर्म हुने भएकाले जिल्लामा पार्टीको गुमेको शाख जोगाउन आफुले भूमिका खेल्ने बताए ।

भूगोल र नेता व्यवस्थापनमा कमजोरी नहुने र कार्यकर्ता तहमा आफ्नो समूहका नेताको व्यक्तिगत प्रभाव राम्रो रहेकाले महाधिवेशन जित्ने समस्या नहुने उनको तर्कछ ।

व्यवसाय र सामाजिक क्षेत्रमा सफल मानिएका तामाङ लामो समय देखि नेपाली कांग्रेसको राजनीतिमा सकृय छन् ।

प्रकाशित मिति : २०७८, २८ भाद्र सोमबार ००:००  १० : ४० बजे