२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौं । भक्तपुरमा ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका-३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेका छन् ।

मोटरसाइकलको पछाडि बसेका मध्यपुर थिमि नगरपालिका-३ कौशलटारका २८ वर्षीय अमृत सिलवाल घाइते भएका छन् । उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

सोमबार राति करित पौने ९ बजे सूर्यविनायक नगरपालिका-५ सल्लाघारी चोकस्थित अरनिको राजमार्गमा काठमाडौं जाँदै गरेको प्रदेश ३-०२-००८ प २५०१ नं.को मोटरसाइकललाई राधेराधेतर्फ जाँदै गरेको आरजे ०२ जीबी१९१७ नम्बरको भारतीय १८ चक्के ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकल, टेलर र टेलर चालक देश भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने ५० वर्षीय महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७८, १२ आश्विन मंगलबार ००:००  १२ : १३ बजे