२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु



काठमाडौं। बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ जनाले ज्यान गुमाउँदा १३१८ जना संक्रमणमुक्त भएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६३ हजार ७३४ जना निको भएका छन् ।

यस्तै हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या ११ हजार ११५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार ४२२ जना रहेका छन् ।

प्रकाशित मिति : २०७८, १२ आश्विन मंगलबार ००:००  ४ : ४६ बजे