२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११६६ के हो ? किन फोन गर्ने ?



११६६ के हो ?
११६६ आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन हो। यो नम्बर आत्महत्या वा आत्महानिको सोच आइरहेका व्यक्तिहरुलाई लक्षित गरी मानसिक अस्पताल लगनखेल र टिपिओ नेपालद्वारा सञ्चालन गरिएको निशुल्क हेल्पलाइन नम्बर हो।

कहिले फोन गर्दा हुन्छ ?
तपाईंलाई जहिले मनमा गाह्रो महसुस हुन्छ, तनाव हुन्छ, आफैंलाई हानी पुर्यालउन वा दुख दिन मन लाग्छ त्यति नै बेला गर्न सक्नुहुन्छ। तालिम प्राप्त मनोपरामर्शदाताले तपाईंलाई त्यस्तो सोचबाट बाहिर आउन मद्दत गर्न सक्दछन्।

कसकसले फोन गर्न सक्दछन् ?
जो कसैलाई मनमा गाह्रो भइरहेको छ, तनाव सामना गर्न गाह्रो भएको छ र आफैंलाई हानि पुर्याकउने वा दुख दिन मन लागेको छ, उहाँहरुले यो नम्बरमा फोन गर्न सक्नुहुन्छ।

मैले फोन गर्दा मैले भनेका कुरा सबैलाई थाहा हुन्छ कि ?
यो फोनमा गरेका कुराहरु गोप्य रहन्छन्। तपाईंले निर्धक्कसँग आफ्नो मनका कुरा गर्नसक्नुहुन्छ।

किन फोन गर्ने ?
आफ्नो मनमा भएका तनावको बारेमा कुरा गरेर मन हल्का बनाउन, आफ्नो सहयोगी सञ्जाल पत्ता लगाउन, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सम्बन्धी उपलब्ध सहयोगको बारेमा थाहा पाउन यो नम्बरमा फोन गर्नुपर्दछ। साथै सबैभन्दा महत्वपूर्ण कुरा आत्महत्या तथा आत्महानिको सोच आउनु भनेको आफैंमा एउटा समस्या भएको कारण यो समस्याको बारेमा कुराकानी गर्न र यस्तो सोचबाट बाहिर आउनको लागि फोन मार्फत सेवा लिन सकिन्छ।

मैले आत्महत्या रोकथाममा कसरी सहयोग पुर्याबउन सक्छ ?
आत्महत्या रोकथाममा हामी सबैको जिम्मेवारी छ। हामी सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्यौं भने आत्महत्या रोकथाम गर्न सकिन्छ। तपाईं आफूलाई आफ्ना नजिकका साथीभाइ वा नातेदारमा आत्महत्याको जोखिम देख्नुभयो भने नआत्तिनुहोस तर संवेदनशील हुनुहोस् र तुरुन्तै नजिकको मनोचिकित्सक वा मनोपरामर्शदातासँग सम्पर्क राख्नुहोस।

आत्महत्याको तयारी पनि गरेको अवस्था भए आत्महत्या गर्ने साधनलाई नभेट्ने ठाउँमा राख्नुहोस्। सँगै रहनुहोस्, उहाँको कुरा ध्यान दिएर सुन्नुहोस। उहाँलाई हामी सँगै छौं भन्ने कुरा दोहोर्याखउनुस् र ११६६ हेल्पलाइन मार्फत सहयोग लिनुहोस्।

आत्महत्याको सोच आउनु एक मानसिक स्वास्थ्य समस्या हो। सामाजिक तथा व्यवहारिक कारणले यी सोच अझै बढ्न सक्दछ। मानसिक स्वास्थ्य सेवा र मनोपरामर्श लिएमा यो समस्या पूर्ण रुपमा निको हुन्छ। आत्महत्या तथा आत्महानीको सोच आएमा यस्तो सोच र व्यवहारलाई आफू भित्र मात्र नराखौं। सहयोग लिऔं, सहयोग गरौं।

प्रकाशित मिति : २०७८, १४ आश्विन बिहीबार ००:००  ११ : ४६ बजे