अनेरास्ववियूको प्रथम स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । काठमाडौंको अर्पन पार्टी प्यालेसमा बसेको बैठक सम्पन्न भएको हो । बैठकका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा कर्णालि प्रदेशका माननिय प्रकाश ज्वालाले गर्नुभएको थियो । बैठकलाइ सम्बोधन गर्दै उहाँले केपी ओलिको गलत रबैया,प्रतिगमनका मतियार,तानाशाहा प्रवृतिको विरुद्ध आफुहरुले विद्धरोह गरेको बताउनुभयो । साथै देशभरि आफ्ना नेता कार्यकर्ता उत्साहको आफ्नो पार्टिमा लागेको दाबी समेत गर्नुभयो । बैठकमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलिले एमालेको भैरहेको विधान सम्मेलनलाइ कमल थापा र उनका भाइहरुको भोज खाने र खुवाउने समारोह मात्र हो साथै नवमन्डले प्रवृत्ति भएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो । बैठकमा एकिकृत समाजवादीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले भर्चुल माध्यम बाट शुभकामना दिनुभएको थियो । बैठकमा नेकपा एकिकृत समाजवादीका उपहासचिव डा विजय पौडेलले पनि सम्बोधन गर्नुभएको थियो । बैठकले अनेरास्ववियूका नेताहरुको आगामि योजना,संगठन बिस्तार गर्न निर्णय गरेको साथै सो कुरा सर्कुलर मार्फत बाहिर ल्याउने कुराको जानकारी अनेरास्ववियूका उपमहासचिव अशोक थापाले जानकारी दिनुभयो ।
२०७८, १६ आश्विन शनिबार ००:००
14
Shares












