काठमाडाैं । पार्टी विभाजनले असर नगरेको ओखलढुंगा एमालेलाई संस्थापन पक्षका नेताहरु विभाजित हुँदा सर्वसम्मत नेतृत्व चयनमा बाधा पुगेको छ । तत्कालिन माधव नेपाल पक्षमा रहेर केपी ओली नेतृत्वको एमाले विरुद्ध समानान्तर गतिविधि गरेका तर विभाजनमा नलागी एमालेमै बसेका १० बुँदे पक्षधरसँग केपी ओली पक्षका केही नेता मिलेर संस्थापन विरुद्ध उमेद्वार खडा गरेपछि सर्वसम्मत नेतृत्व चयनमा ओखलढुंगा एमाले चुकेको हो ।
ओली विरोधी खेमामा उभिने संघिय सांसद तथा पार्टी केन्द्रीय सदस्य यज्ञराज सुनुवार पार्टी विभाजनपछि एमालेमै छन् । राजनितीका माहिर खेलाडी सुनुवार जिल्लामा ओली समूह फुटाएर आफु स्थापित हुन चाहान्थे । उनको समर्थनमा संबिधानसभा सदस्य हर्कबोल राई, उपसचिव मणिराज राई सहित केही जिल्ला कमिटी सदस्यको मात्रै थिए । नेतृत्वलाई ‘प्रतिगमन कारी’ को संज्ञा दिएर आफुले समानान्तर गतिविधिमा संलग्न गराएका अधिकांश नेता कार्यकर्ता एकीकृत समाजवादीमा लागेपछि फेरि एमालेमै बसेर कार्यकर्ताको मन जित्न सुनुवारलाई निकै संकट थियो ।
पार्टीलाई संकटमा पु¥याएको भनेर उनी विरुद्ध आक्रोशित कार्यकर्ताको संख्या ठुलो थियो । २ दशक भन्दा लामो समय निर्विरोध, निर्विवाद जिल्ला पार्टीको कुनै न कुनै भूमिकामा नेतृत्व गरेका सुनुवार एमालेमा केपी समर्थक संस्थापन पक्ष फुटाएर आफ्नो बर्चस्व कायम राख्न लागे । त्यसमा ओली पक्षका भनिएकै नेताहरुले उनलाई साथ दिए । ‘हामी दश बुँदे भनिएकाहरु एमालेमा एक्लै हुन्छौं कि भन्ने ठुलो डर थियो तर त्यो समूह भित्र असन्तुष्टि रहेकाले सजिलै खेल्न सकियो । अन्ततः उनीहरु दुई कित्तामा उभिने परिस्थीती बनेपछि हामीलाई फेरि स्थापित हुन सजिलो भयो ।’ सुनुवार निकट एक नेताले भने ।
दशौं महाधिवेशनमा लोकप्रिय मत सहित विजयी भएपनि संकटमा आफु विरुद्ध लागेकै कारण केपी ओलीले यज्ञराज सुनुवारलाई जिल्ला इन्चार्जमा निरन्तरता दिएनन् । सुनुवार हटाएर उनको विकल्पमा अर्का केन्द्रीय सदस्य किशोर अधिकारीलाई जिम्मेवारी दिए । उनै अधिकारी जिल्लामा फेरि यज्ञराजसँगै मिलेर केपी ओली पक्षकै नेता अम्बिरबाबु गुरुङलाई घेराबन्दी गर्न लागेका छन् ।
पार्टी विभाजनका बेला गुरुङकै नेतृत्वमा जिल्लामा एमाले एकढिक्का बनाउने अभियान नै चलाइएको थियो । त्यसबेला ओली पक्षमा रहेका केन्द्रीय सदस्य किशोर अधिकारी, पार्टी अध्यक्ष मोहन श्रेष्ठ, संविधानसभा सदस्य सकुन्तला राजभण्डारी, तीर्थ सुवेदी, सिताराम गुरुङ, उत्तम राईले नवौं जिल्ला अधिवेशनमा सुनुवारकै डिजाइनमा साथ दिए ।
प्रदेश १ का पूर्व मन्त्री अम्बिरबाबु गुरुङले एमालेमा अनवरत रहने र भुगोलमा काम गरेका नेतालाई संस्थापन पक्षबाट उमेद्वार उठाए । पार्टी संटकमा सँगै सहकार्य गरेका ओली निकटकै उमेद्वारका विरुद्ध जिल्ला इन्जार्च समेत रहेका किशोर अधिकारीको साथ लिएर यज्ञराज सुनुवारले उमेद्वारको सुचि बनाए ।
गुरुङलाई नेता नानीबाबु बुढाथोकी, शंकर कट्वाल, सुरेन्द्र बोगटी, लोचन बस्नेत, लक्ष्मण बराल, कमल न्यौपाने लगाएतले साथ दिए । प्रतिनिधिहरुको मनोविज्ञान पार्टीलाई संकटमा जोगाउनेकै पक्षमा रहेपनि हेविवेट नेताको टाउको देखाएर दश बुँदेसँग मिलेको समुहले चुनावी माहोल बनाउने प्रयास ग¥यो । यद्यपी मत परिणाम मिश्रत आउने धेरैको अनुमान छ ।
नवौं जिल्ला अधिवेशनको मत गणना जारी छ । अध्यक्षमा शंकर कट्वाल र सिताराम गुरुङ, उपाध्यक्षमा हर्कबोल राई र रञ्जित धमला, सचिवमा कमल न्यौपाने र तीर्थ सुवेदी, उपसचिवमा अशोक थापा, मणिराज राई, भक्त कार्की, केशवहरि ढुंगेललगायत चुनावी मैदानमा छन् । आजै साँझ सम्म मत परिणाम आउने छ ।
खुलेर हस्तक्षपकारी भूमिका नखेल्ने बताएका सुनुवार किशोर अधिकारीको साथ लिएर सिताराम प्यानलका डिजाइनर बनेका थिए । उनले दश बुँदे पक्षधर र ओली पक्षधर मिलाउने प्रयास गरेका थिए ।
पार्टीको विधानमा प्यानल बनाउन नपाइने भएकाले व्यक्तिगत भनिए पनि सबै पद समुहगत नै उम्मेदवारी परेको थियो । गुरुङ नेतृत्वको समुहले पार्टी केन्द्रमा जस्तै नेकपा कालिन माओवादीलाई समेत समेटेर उमेद्वार बनाएको थियो ।
उमेद्वारहरु प्रतिस्पर्धामा रहेपनि यो चुनावको हार–जित किशोर, यज्ञराज र अम्बिर गुरुङको हुने एमालेमा चर्चा छ ।
पहिलो पटक जिल्ला अधिवेशनमा मतदान गर्नुपरेको भन्दै प्रतिनिधि भने यसले एकताबद्ध एमालेको सन्देश नदिनेमा चिन्तीत थिए ।
खुला प्रतिस्पर्धा गर्न पाएकोमा युवा पुस्ताका नेताहरु भने निकै उत्साहित छ ।
हाल सम्म भुगोलबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यको टुंगो लागिसकेको छ । त्यसमा नयाँ अनुहार अझ युवा पुस्ताको प्रतिनिधित्व बढी छ ।
सर्वसम्मत क्लस्टरबाट सहमति नजुटे पछि सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकाको चुनाव भएको थियो । त्यसमा अम्बिरबाबु गुरुङ पक्षका शंकर कट्वाल पक्षका अधिकांश उमेद््वारहरु विजयी भएका छन् ।
पार्टी पोलिटव्युरो सदस्य बालकृष्ण ढुंगेल भने एमाले पृष्ठभूमिका नेताहरुको लडाइँका बीच तठस्त बसेका छन् ।












