२०८२, १८ चैत्र बुधबार | Wed Apr 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेमा कोरोना सङ्क्रमण दर तिव्र



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाका ६ नगरपालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन् । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९ डिसीसीएमसी का अनुसार पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका हुन् ।

पीसिआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा १० जनामा सङ्क्रमण फेला परेको हो । बनेपा नगरमा ५१, पाँचखालमा ६, धुलिखेलमा ४२, पनौतीमा १४, नमोबुद्ध नगरमा ११, मण्डनदेउपुर नगरमा ३ तथा भुम्लु गाउँपालिकामा तीन र बेथानचोक गाउँपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म १४ हजार ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म कोरोनाबाट १९३ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये ९७ दशमलब ८३ प्रतिशत अर्थात् १४ हजार ६६२ जना सङ्क्रमणमुक्त भएका छन् । रासस

प्रकाशित मिति : २०७८, २९ पुस बिहीबार ००:००  ५ : ०३ बजे