२०८२, १८ चैत्र बुधबार | Wed Apr 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेश प्रदेशमा एक दर्जन बढीमा ओमिक्रोन पुष्टि



धनुषा । मधेस प्रदेशमा एक दर्जन बढीमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । मधेस प्रदेशमा अहिलेसम्म १४ जनामा ओमिक्रोन पुष्टि स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले जानकारी दिए । यस प्रदेशमा ५ सय २७ जना परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरिएन्ट देखिएको उनले बताए ।

पछिल्लो केहि दिनदेखि मधेस प्रदेशमा कोरोना संक्रमन दरमा वृद्धि हुँदै गएको छ । बिहीवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । अहिले यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७८, ७ माघ शुक्रबार ००:००  १२ : ५१ बजे