२०८२, १८ चैत्र बुधबार | Wed Apr 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडाैं महानगरले माग्याे २३१ जना कर्मचारी, जागिर खान कति चाहिन्छ याेग्यता ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ ।

महानरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ ।

सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणका लागि पनि तिनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।

प्रकाशित मिति : २०७८, १८ माघ मंगलबार ००:००  ९ : ५६ बजे